जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने समय थप भएको छ । कम्पीले साउन १५ गतेदेखि निष्कासन गरिरहेको हकप्रद सेयरमा आवेदन दिने समेत थप गरेको हो ।
थप गरिएको समयसँगै अब यो कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताले भदौ १९ गतेसम्म आवेदन दिन सक्ने भएका छन् । कम्पनीले असार ७ गतेसम्म कायम सेयरधनीहरूका लागि १ बराबर ०.६५ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २४ लाख १४ हजार १०० कित्ता सेयर निष्कासन गरिरहेको छ।
कम्पनीको हकप्रद सेयर निष्कासन तथा बाँडफाँको काम लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस