निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) ले विद्यालय शिक्षा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनको घोषणा गरेका छन्। बुधबार संयुक्त पत्रकार सम्मेलन गर्दै यी दुई संगठनले भदौ ८ गतेसम्म माग सम्बोधन नभए ९ गतेदेखि देशभरका निजी विद्यालय बन्द गर्ने चेतावनी दिएका छन्।
त्यसअघि भोलि भदौ ५ गते बिहान ११ बजेदेखि माइतीघर मण्डलामा प्रधानाध्यापकहरूले ब्यानरसहित प्रदर्शन गर्ने र भदौ ६ गते देशभरका स्कुल बसहरू विद्यालय नजिकको चोकमा उतारेर नगर परिक्रमा गराइने कार्यक्रम तय गरिएको छ। संगठनहरूले विद्यालय शिक्षा विधेयकमा समावेश गरिएको पूर्ण छात्रवृत्तिको बाध्यता, विद्यालयमा उत्पादन नहुने सामग्री अनिवार्यरूपमा उपलब्ध गराउने व्यवस्था, र विद्यालयहरूलाई 'गैर-नाफामूलक' संस्थाका रूपमा परिणत गर्ने प्रावधानहरू खारेज गर्न माग गरेका छन्।
यस्तो छ विज्ञप्ती -
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस