Like us!
Follow us!
Connect us!
Watch us!

लिपुलेक विवादमा भारतको प्रतिक्रिया : ‘नेपालको दाबी ऐतिहासिक तथ्यमा आधारित छैन’

अर्थ संसार

विहीबार, ०५ भदौ २०८२, ०८ : ०९ मा प्रकाशित

लिपुलेक विवादमा भारतको प्रतिक्रिया : ‘नेपालको दाबी ऐतिहासिक तथ्यमा आधारित छैन’

लिपुलेकलाई आफ्नो भूभाग बताउँदै आएको नेपाल सरकारको दाबीलाई भारतले अस्वीकार गरेको छ। भारतको परराष्ट्र मन्त्रालयले सीमा सम्बन्धी नेपालले उठाएको दाबीलाई “एकपक्षीय र कृत्रिम” भन्दै अस्वीकार्य भएको स्पष्ट पारेको छ।

भारतले लिपुलेकमार्ग हुँदै चीनसँग पुनः सुरु गर्न लागेको सीमावर्ती व्यापारबारे नेपालको प्रतिक्रिया आएपछि आधिकारिक जवाफ दिएको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले पत्रकारसँग कुरा गर्दै भने, “भारत–चीनबीचको लिपुलेकमार्ग हुँदै व्यापार दशकौँदेखि चलिआएको हो। नेपालले गरेको दाबीलाई हामीले मान्दैनौँ।”

उनका अनुसार भारत–चीनबीचको व्यापार सन् १९५४ देखि निरन्तर हुँदै आएको हो। कोभिड–१९ लगायतका कारण केही वर्ष अवरुद्ध भएको यो व्यापारलाई पुनः सुचारु गर्नेबारे हालै दुवै देशबीच सहमति भएको उनले जानकारी दिए।

यद्यपि, भारतले सीमा सम्बन्धी बाँकी रहेका विवाद समाधानका लागि नेपालसँग संवाद र कूटनीतिक बाटोमार्फत छलफल गर्न तयार रहेको स्पष्ट पारेको छ।

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको हालैको भारत भ्रमणका क्रममा भारत–चीनले लिपुलेकमार्ग हुँदै व्यापार सुचारु गर्ने सहमति गरेका थिए। सो सहमतिपछि नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी आफ्नो अभिन्न भूभाग भएको दाबी गर्दै विज्ञप्ति जारी गरेको थियो। नेपालले त्यहाँ सडक निर्माण, विस्तार र सीमा व्यापार नगर्न भारतलाई आग्रहसमेत गरेको छ।

68a683d85e3f9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको