भेन्चर हायर पर्चेज लिमिटेडले आमजनतालाई लक्षित गर्दै आगामी दिनमा आईपीओ जारी गर्ने तयारी गरेको छ।
कम्पनीले यससम्बन्धी प्रस्ताव पारित गर्न साधारणसभा आह्वान गरेको हो। कम्पनीको साधारणसभा आगामी भदौ २७ गते दिउँसो ३ बजे, काठमाडौंको पानीपोखरीस्थित दर्ता कार्यालयमा बस्नेछ। सभामा आईपीओ जारी गर्ने प्रस्तावसँगै, सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने एजेन्डा प्रस्तुत हुने कम्पनीले जनाएको छ।
त्यस्तै, सभाले कम्पनीको पुँजी संरचना परिवर्तन, सोअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गर्नेछ। साथै, बैठकमा वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र वित्तीय विवरणमाथि छलफल गरिनेछ। चालू आर्थिक वर्षका लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस