बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आफ्नो १९औं वार्षिक साधारणसभा आह्वान गरेको छ। सभा आगामी भदौ ११ गते, काठमाडौंको टंगालस्थित होलिडे इन एक्स्प्रेस होटलमा दिउँसो १ बजे बस्नेछ।
यस साधारणसभामा कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (IPO) गर्ने प्रस्ताव प्रस्तुत गर्नेछ, जसले कम्पनीलाई पूँजी संकलन र विस्तारमा महत्वपूर्ण टेवा पुर्याउने अपेक्षा गरिएको छ।
सभा एजेन्डाअनुसार, सञ्चालक समितिले प्रस्तुत गर्ने गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात र नाफा–नोक्सान हिसाबमाथि छलफल गरी अनुमोदन गरिनेछ। साथै, चालु आवका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने विषय पनि एजेन्डामा समेटिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस