सात कारोबारको अन्तिम कारोबारका दिन बिहीबार पनि सेयर बजार घटेर बन्द भएको छ ।
आज बजार ९.२२ अंकले घटेर २७५७ को बिन्दुमा बन्द भएको हो । यसदिन कुल ३१९ वटा कम्पनीको एक करोड ६८ लाख ५५ हजार कित्ता सेयर खरिद बिक्री भएर ५ अर्ब दुई करोड एक लाख रुपैयाँको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनकिो २४ करोड ९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २० करोड ९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बलेफि हाइड्रोपावरको १४ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै विकास हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । सामुदायिक लघुवित्त वित्तीय संस्थाले ५.३७ प्रतिशतका दरले कमाएका छन् । मुक्तिनाथ डिबेञ्चरका इकाईधनीले ३,३५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ४.६५ प्रतिशतका दरले गुमाएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस