Like us!
Follow us!
Connect us!
Watch us!

बैंक जमानत लिएर जेलबाहिरबाट मुद्दा लड्न पाउँ-रवि पत्नी निकिता

अर्थ संसार

सोमबार, ०९ भदौ २०८२, १५ : ४६ मा प्रकाशित

बैंक जमानत लिएर जेलबाहिरबाट मुद्दा लड्न पाउँ-रवि पत्नी निकिता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेले श्रीमानलाई बिगो रकम तोकी जेलबाहिरबाटै मुद्दा लड्न मिल्ने सुविधा दिन उच्च अदालत तुलसीपुरमा रिट निवेदन दर्ता गरेकी छन्। सोमबार दर्ता गरिएको उक्त रिट निवेदनमा उनले संविधान र कानुनले अनुमति दिएका देशभित्र र बाहिरका सबै न्यायका ढोका ढकढक्याउने प्रतिवद्धता जनाएकी छन्।

सामाजीक सञ्जाल फेसबुकमा स्टाटास लेख्दै उनले यस्तो  प्रतिवद्धता जनाएकी  हुन् । उनले रवि लामिछानेको जीवन जेलभित्र सुरक्षित नभएको उल्लेख गर्दै जीवन सुरक्षित नभएको  बताएकी छन् । 

निकिताले लेखेकी छिन्,‘मेरो श्रीमान् भन्नुहुन्छ, 'यो देशमा शक्ति पृथकीकरण समाप्त भएको धेरै भइसक्यो, एउटै रावणका फरक टाउका गन्न छाडिदेउ ।' तर, श्रीमतीका रुपमा मेरो पनि जिद्दी छ,’  ‘न्याय पाइयोस् कि नपाइयोस्, म संविधान र कानुनले अनुमति दिएका देशभित्र र बाहिरका न्यायका हरेक ढोका ढकढक्याउने छु । मैले हिजो पनि भनेकी हुँ र आज पनि भन्छु, मेरो श्रीमानको जीवन सुरक्षित छैन । भैरहवा कारागारमा उहाँलाइ कसरी राखिएको थियो, अब मैले केही भनिरहन पर्दैन,यिनिहरूले किन जेल सार्न मानिरहेका थिएनन्, यिनिहरूको नियत के थियो, त्यो पनि बताइरहन पर्दैन ।’

उनले अन्तिममा आग्रहसहित भनेकी छिन्, ‘बिगो तोकिदेऊ र त्यो बराबरको बैंक जमानत लिएर जेलबाहिरबाट मुद्दा लड्न देउ, मेरो आग्रह यत्ति हो ।’

यस्तो छ उनले  फेसबुकमा लेखेको स्टाटस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको