Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ ल्याउँदै श्री एयरलाइन्स

अर्थ संसार

मंगलबार, १० भदौ २०८२, १३ : ३८ मा प्रकाशित

आईपीओ ल्याउँदै श्री एयरलाइन्स

श्री एयरलाइन्सले आईपीओ जारी गर्ने भएको छ । लामो समयदेखि नेपाली आकाशमा सेवा दिइरहेको एयरलाइन्सले आमजनताबाट पुँजी संकलन गर्ने तयारी गरेको हो । 

कम्पनीको सञ्चालक समिति बैठकले सेयर निष्कासनमार्फत सर्वसाधारणलाई सहभागी गराउने निर्णय गरेको हो । सन् १९९९ बाट व्यवसायिक उडान सुरु गरेको यस कम्पनीले हाल आन्तरिक हवाइ बजारमा करिब १६ प्रतिशत हिस्सा ओगटेर तेस्रो ठूला सेवा प्रदायकको हैसियत कायम गरेको छ । कम्पनीका प्रमुख लगानीकर्ता सुधीर मित्तल हुन् । हाल मित्तल परिवारकै ९९ प्रतिशतभन्दा बढी स्वामित्व रहेको कम्पनीमा कार्यकारी अध्यक्षका रुपमा सुधीर मित्तलको नेतृत्व छ । 

आगामी असोज २ गते बिहान ११ बजे कम्पनीको वार्षिक साधारणसभा बस्ने कार्यक्रम तय गरिएको छ । सभामा आईपीओ जारी गर्नेसम्बन्धी सम्पूर्ण तयारी, हालसम्मको प्रगति प्रतिवेदन, भावी योजनाबारे छलफल हुनुका साथै कम्पनीको नियमावली संशोधन गर्ने प्रस्ताव पनि पेश गरिनेछ । साथै अघिल्लो आर्थिक वर्षको प्रतिवेदन, लेखापरीक्षण नतिजा र आगामी वर्षका लागि लेखापरीक्षकको नियुक्तिसमेत अनुमोदन गरिने एजेन्डा छ ।

श्री एयरलाइन्सले अहिले १० वटा बम्बार्डियर विमान सञ्चालनमा ल्याएको छ ।  जसमा ३ जेट र ७ टर्बो प्रोप्स (जसमध्ये २ भाडामा लिइएका) छन् । यस्तै, हेलिकप्टर सेवामा ६ एमआई–८ र दुई एयरबस हेलिकप्टर समेत सञ्चालनमा छन् । नेपालगञ्ज र धनगढीलाई बलियो केन्द्र बनाएको कम्पनीले पछिल्लो समय पोखरा, सुर्खेत लगायत क्षेत्रमा नयाँ टर्बो प्रोप्स थप्दै उडान विस्तार गरिरहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको