गत आर्थिक वर्ष २०८१/८२ मा बैंकहरूले सेयर धितोमा कर्जा प्रवाह उल्लेखनीय रूपमा बढाएका छन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार, सो वर्ष बैंकहरूले कूल १ खर्ब ४० अर्ब ७० करोड २१ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यो कर्जा ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ थियो। त्यसअनुसार सेयर धितो कर्जा प्रवाहमा ५० अर्ब ६० करोड ८९ लाख रुपैयाँको वृद्धि भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ५६.१७ प्रतिशतले बढी हो।
गत वर्ष बैंकहरुबाट १ करोड रुपैयाँ माथिको रेन्जको कर्जा ९८ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ सेयर धितो कर्जा गएको छ। गत वर्ष यो रेन्जको कर्जा ५५ अर्ब ९३ करोड २ लाख रुपैयाँ गएको थियो। यो रेन्जको कर्जाको माग ७६.९ प्रतिशतले बढेको छ।
यस्तै, ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १६ अर्ब २ करोड ९७ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १७ अर्ब ५६ करोड ६१ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ८ अर्ब १७ करोड ८४ लाख रुपैयाँ गएको छ। अघिल्लो वर्षमा बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १२ अर्ब २४ करोड ७७ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १४ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्को रेन्जको कर्जा ७ अर्ब ३१ करोड २३ लाख रुपैयाँ गएको थियो।
अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा २९ प्रतिशत, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा २१.८ प्रतिशत र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ११.८ प्रतिशतले बढेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस