Like us!
Follow us!
Connect us!
Watch us!

‘मुस्ताङ गोल्ड’ मदिरामा झिँगा फेला परेपछि २ लाख रुपैयाँ जरिवाना

अर्थ संसार

बुधबार, ११ भदौ २०८२, १७ : ३६ मा प्रकाशित

‘मुस्ताङ गोल्ड’ मदिरामा झिँगा फेला परेपछि  २ लाख रुपैयाँ जरिवाना

काठमाडौं महानगरपालिकाले धनुषा डिस्टिलरी प्रालिद्वारा उत्पादन गरिएको ‘मुस्ताङ गोल्ड’ नामक मदिरामा अखाद्य वस्तु फेला परेपछि कम्पनीमाथि कारबाही गरेको छ।

सिलबन्दी अवस्थामा बजारमा बिक्री भइरहेको सो अल्कोहलजन्य पेयमा झिँगाजस्तो पदार्थ भेटिएपछि उपभोक्ताले भदौ ४ गते महानगर प्रहरीमा उजुरी दिएका थिए। त्यसको आधारमा महानगरले नमुना संकलन गरी परीक्षण गर्दा बोतलभित्र अखाद्य वस्तु रहेको पुष्टि भएको हो। उक्त मदिरा मापदण्ड विपरीत उत्पादन गरिएको ठहर गर्दै काठमाडौं महानगरपालिकाले कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ।

महानगरको बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७५ को दफा १०(३)(ढ) अनुसार यो कार्य ‘अनुचित व्यापारिक गतिविधि’ मा पर्ने र ऐनको दफा २९(घ) तथा ३०(१)(ख) अनुसार कम्पनीले कानुन उल्लङ्घन गरेको ठहर गरिएको छ।

महानगरको कृषि तथा पशुपक्षी विभागका अनुसार जरिवाना रकम राजस्व खातामा जम्मा गरेर त्यसको विवरण विभागमा पेश गर्न कम्पनीलाई भनिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको