Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यले बनायो रेकर्डः अब एक तोला सुन किन्न २ लाख ६०० खर्चिनु पर्ने

अर्थ संसार

शुक्रबार, १३ भदौ २०८२, १० : २८ मा प्रकाशित

सुनको मूल्यले बनायो रेकर्डः अब एक तोला सुन किन्न २ लाख ६०० खर्चिनु पर्ने

नेपाली बजारमा आज सुनको मूल्यले ऐतिहासिक रेकर्ड  कायम गरेको छ। आज सुन प्रति तोलामा १२ सय रुपैयाँले वृद्धि भई दुई लाख रुपैयाँभन्दा माथि पुगेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै चाँदी तोलामा २ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ तोलामा २३ सय ५५ रुपैयाँमा किनबेच भएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको