चालु आर्थिक वर्षको पहिलो महिनामा निर्जीवन बीमा कम्पनीहरुले २ लाख १५ हजार भन्दा बढी बीमालेख जारी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा साउनमा निर्जीवन बीमा कम्पनीहरुले २ लाख १५ हजार २८५ वटा बीमालेख जारी गरेका हुन् ।
चालु आर्थिक वर्षमा सबै भन्दा धेरै बीमालेख युनाइटेड अजोड इन्स्योरेन्सले गरेको छ । यो कम्पनीले साउन महिनामा ३३ हजार ३४२ वटा बीमालेख जारी गरेको छ । त्यस्तै साउन महिनामा धेरै बीमा पोलिसी जारी गर्ने कम्पनीको दोस्रो नम्बरमा शिखर इन्स्योरेन्स रहेको छ । यो कम्पनीले साउन महिनामा २५ हजार २३७ वटा बीमालेख जारी गरेको छ । साउन महिनामा नेपाल इन्स्योरेन्सले १३ हजार ७८ वटा बीमालेख जारी गरेको छ ।
त्यस्तै चालु आवको पहिलो महिनामा दि ओरियन्टल इन्स्योरेन्सले ३ हजार ८७९ बीमालेख जारी गरेको छ । त्यस्तै यो अवधिमा राष्ट्रिय बीमा कम्पनीले १ हजार ३३३, नेशनल इन्स्योरेन्सले २ हजार २५४, नेको इन्स्योरेन्सले २१ हजार ६९३ र प्रभु इन्स्योरेन्सले ८ हजार ९९ वटा बीमालेख जारी गरेको छ । साउन महिनामा एनएलजी इन्स्इोरेन्सले १५ हजार ७५८ वटा, हिमालयन एभरेष्टले २१ हजार ७३७ वटा, सानिमा जीआईसीले ९ हजार २५८ वटा, सिद्धार्थ प्रिमियरले २२ हजार ५०२ वटा, सगरमाथा लुम्बिनीले २१ हजार १५१ वटा र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १५ हजार ९४३ वटा बीमालेख जारी गरेका छन् ।
निर्जीवन बीमा कम्पनीहरुले चालु आवको पहिलो महिनामा साउनमा ४ अर्ब ३१ करोड ८४ लाख ४४ हजार रुपैयाँको निर्जीवन बीमा शुल्क संकलन गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस