Like us!
Follow us!
Connect us!
Watch us!

सी–मोदी भेट: चीन–भारत सम्बन्ध “प्रतिद्वन्द्वी होइन, साझेदार

अर्थ संसार

आइतबार, १५ भदौ २०८२, १४ : ०६ मा प्रकाशित

सी–मोदी भेट: चीन–भारत सम्बन्ध “प्रतिद्वन्द्वी होइन, साझेदार

चिनियाँ राष्ट्रपति सी चिनफिङले भारतसँगको सम्बन्धलाई प्रतिद्वन्द्वीभन्दा बढी सहयोगी र साझेदारको रूपमा हेर्नुपर्ने बताएका छन्। भदौ १५ आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग तियानजिनमा भेट्दै सीले यस्तो कुरा चिनियाँ मिडिया पिपुल्स डेलीमार्फत सार्वजनिक गरेका छन्।पिपुल्स डेलीका अनुसार सीले भने, “चीन र भारत प्रतिद्वन्द्वी होइनन्, हामी सहयोगी साझेदार हौँ। दुई देशबीचको सम्बन्ध चुनौतीको स्रोत होइन, तर विकासका अवसर हुन्।”सीले यसैबीच विश्वव्यापी परिवर्तनको चर्चा गर्दै चीन र भारत दुवै प्राचीन सभ्यताका प्रतिनिधि देश भएको उल्लेख गरे। उनले दुवै देश विश्वका बढी जनसंख्या भएका र ग्लोबल साउथका महत्वपूर्ण सदस्य भएको बताए।

बीबीसी हिन्दीले उल्लेख गरेअनुसार सीले ड्र्यागन र हात्ती एकसाथ हुनु अत्यन्त महत्त्वपूर्ण रहेको बताए। उनले मित्रता, असल छिमेकी र सहकार्यमा जोड दिए।भेटमा मोदीले पनि भारत–चीन सम्बन्ध सकारात्मक दिशामा अघि बढेको बताए। उनले सीमामा शान्ति कायम भएको, कैलाश–मानसरोवर यात्रा पुनः सुरु भएको र प्रत्यक्ष उडानहरू पुनः सञ्चालनमा आएको जानकारी दिए। मोदीले भने, “२.८ अर्ब जनताको हित दुवै देशबीचको सहयोगमा निर्भर छ। हामी सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता राख्छौँ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको