Like us!
Follow us!
Connect us!
Watch us!

विद्या भण्डारीको सदस्यता रोक्न मिल्दैन, विधान महाधिवेशनमा फरक मत राख्छौं - सुरेन्द्र पाण्डे

अर्थ संसार

सोमबार, १६ भदौ २०८२, १५ : ०८ मा प्रकाशित

विद्या भण्डारीको सदस्यता रोक्न मिल्दैन, विधान महाधिवेशनमा फरक मत राख्छौं - सुरेन्द्र पाण्डे

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्या भण्डारीसम्बन्धी फरक मत पार्टीको अपानी (एजेंडा) मा समावेश नगरिएको भन्दै उक्त विषय पार्टीमा औपचारिक रूपमा छलफल होस् भनेर निवेदन दिएको बताएका छन्।

सेन्टर फर पब्लिक पोलिसी रिसर्चद्वारा राजधानीमा आयोजित ‘एमालेमा आन्तरिक लोकतन्त्र’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यो विषय आगामी विधान महाधिवेशनमा उठाउने तयारी रहेको बताएका हुन्।

उनले भने, ‘विधान महाधिवेशनमा आउने प्रस्तावहरूमा पनि विमतिलाई समेटेर नगए फरक मत लेख्ने कुरा गरेका छौं,राख्छौं । कोही व्यक्तिलाई पार्टीमा काम गर्नको लागि संविधानले निषेध गरेको छैन ।’

उनले कोही व्यक्ति पार्टी सदस्य हुँदैमा अध्यक्ष नहुने, सदस्य हुन कसैलाई रोक्न नमिल्ने भन्दै विधान महाधिवेशनमा कुरा उठ्ने बताए ।पाण्डेले आफूहरूले पार्टीमा चलाएको सार्थक बहसलाई पार्टी फुटाउन गरेको भन्दै हल्ला चलाइएको भन्दै यसले विभाजित नहुने प्रष्ट्याए ।

उनले थपे, ‘यो लडाइँ केही तीतो बन्नसक्छ, केही समय लिनसक्छ । केही अप्ठ्यारो अवस्था आउनसक्छ । तर, निष्कर्षमा पुग्छ भन्नेमा नै छौं । हामी पार्टीमा स्थापित मूल्य र मान्यताभित्र बसेर यो बहसलाई निष्कर्षमा पुर्‍याउँछौं ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको