साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेर कारोबार बन्द भएको छ । अघिल्लो दिन १२ अंकले घटेको बजार १७.७६ अंकले घटेर २७४४.०९ विन्दुमा पुगेको हो ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.४० अंकले घटेर ४७३.९७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये सबै १३ वटैको सेयर मूल्य घटेको छ । आज सेयर बजारमा २२१ कम्पनीको सेयर मूल्य घटेको छ भने २९ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ५ अर्ब १० करोड माथिको कारोबार भएको बजारमा आज भने ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार ८१२ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३२३ कम्पनीका १ करोड ५ लाख ३५ हजार ८७४ कित्ता सेयर ८९ हजार ७७५ पटक कारोबार हुँदा उक्त रकमको कारोबार भएको हो ।
आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । आज हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
नोट : १५ मिनेट पछिको औषत गणाना पछि अंकमा केही तलमाथि हुन सक्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस