Like us!
Follow us!
Connect us!
Watch us!

साताको अन्तिम दिन पनि घट्यो नेप्से, कारोबार रकम ५ अर्ब माथि

अर्थ संसार

विहीबार, १९ भदौ २०८२, १५ : २३ मा प्रकाशित

साताको अन्तिम दिन पनि घट्यो नेप्से, कारोबार रकम ५ अर्ब माथि

साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबार नेप्से परिसूचक एकल अंकले घटेर कारोबार भएको छ । आज सेयर बजार परिसूचक ६.५५ अंकले घटेर २७१९.७७ विन्दुमा पुगेको हो । 

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटि भइन्डेक्स पनि १.११ अंकले घटेर ४६९.८३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १६५ कम्पनीको सेयर मूल्य घटेको छ भने ८५ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । आज एउटा कम्पनीको सेयर मूल्य भने स्थि रहेको  छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने २ वटाको मात्रै बढेको छ । 

आज सेयर बजारमा ५ अर्ब माथिको कारोबार भएको छ । आज ३१७ कम्पनीका १ करोड २७ लाख १ हजार ९७ कित्ता सेयर ६९ हजार २४ पटक खरिद बिक्री हुँदा ५ अर्ब १४ करोड ४३ लाख २२ हजार २५८ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारम एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । आज हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको