नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनको तेस्रो अधिवेशन आज ललितपुरमा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सेवन्तक पोखरेलले प्राधिकरण नियामक निकाय भएकाले सोही अनुसार जिम्मेवारीपूर्वक काम गर्न र सबै बीमा कम्पनीहरूलाई समान व्यवहार गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।
अध्यक्ष पोखरेलले प्राधिकरणका कामकारवाहीमा ढिलासुस्ती नगर्न तथा हुने कामलाई हुन्छ भन्न र नहुने काम यो कारणले हुँदैन भनेर कारण सहित जानकारी दिन पनि निर्देशन दिएका हुन् । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले कर्मचारी संगठनहरूले प्रोफेशनल भएर काम गर्नुपर्ने बताए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पुजन ढुङ्गेल (अधिकारी) र निर्देशक कुन्दन सापकोटाले अधिवेशनको सफलताको शुभकामना दिए ।
नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनका अध्यक्ष दिपक ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनका पूर्वअध्यक्ष पूर्णबहादुर थापा र नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनका संस्थापक अध्यक्ष पदम प्रसाद सोडारीले कर्मचारीहरूको हक हितका बारेमा चर्चा गरेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस