Like us!
Follow us!
Connect us!
Watch us!

साताको पहिलो दिन नै दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्बमा सिमित

अर्थ संसार

आइतबार, २२ भदौ २०८२, १५ : २१ मा प्रकाशित

साताको पहिलो दिन नै दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्बमा सिमित

साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । आजको बजार बन्द हुँदा परिसूचक ११.३२ अंकले घटेर २७०८.४५ विन्दुमा पुगेको हो । 

आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १७३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७९ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.३६ अंकले घटेर ४६७.४६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १० वटाको सेयर मूल्य घटेको छ भने ३ वटाको मात्रै बढेको छ । 

आज सेयर बजारमा ४ अर्ब ४० करोड माथिको कारोबार भएको छ । आज ३३४ कम्पनीका १ करोड ११ लाख २४ हजार ८४५ कित्ता सेयर ५८ हजार ८७ पटक खरिद बिक्री हुँदा ४ अर्ब ४० करोड २७ लाख ६७ हजार २७१ रुपैयाँको कारोबार भएको छ । 

आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबार हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । 

नोट :१५ मिनेटको औषत गणाना पछि अंक तलमाथि हुन सक्ने छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको