Like us!
Follow us!
Connect us!
Watch us!

सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीको आन्दोलन, बानेश्वर-बबरमहल सडक पूर्णरुपमा बन्द

अर्थ संसार

सोमबार, २३ भदौ २०८२, १२ : १० मा प्रकाशित

सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीको आन्दोलन, बानेश्वर-बबरमहल सडक पूर्णरुपमा बन्द

सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले थालेको आन्दोलनका कारण नयाँ बानेश्वर–बबरमहल सडकखण्ड प्रभावित भएको छ। माइतीघरबाट बबरमहल हुँदै नयाँ बानेश्वर पुगेका प्रदर्शनकारीहरूले सडकका दुवै लेनमा धर्ना दिएका छन्, जसका कारण सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ।

संसद भवन अगाडि प्रदर्शन गर्ने घोषणा गरेका उनीहरूलाई प्रहरीले निषेधित क्षेत्रको कारण देखाउँदै चोकमै ब्यारिकेड राखेर रोक्ने प्रयास गरेको छ। प्रहरीले आन्दोलनकारीहरूलाई अघि बढ्न नदिएपछि झडपको अवस्था समेत देखिएको छ।

सामाजिक सञ्जालमा भ्रष्टाचार, बेथिति र अव्यवस्थाविरुद्ध निरन्तर आवाज उठाउँदै आएका युवाहरू सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइएपछि सडकमा उत्रिएका हुन्। जेनजीको आन्दोलनलाई विभिन्न राजनीतिक दल, नागरिक समूह र स्वतन्त्र व्यक्तिहरूले समर्थन जनाएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको