Like us!
Follow us!
Connect us!
Watch us!

शरद ओझालाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई सर्वोच्चको अल्पकालीन आदेश

अर्थ संसार

सोमबार, २३ भदौ २०८२, १७ : ४३ मा प्रकाशित

शरद ओझालाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई सर्वोच्चको अल्पकालीन आदेश

सरकारले वर्खास्त गरेका नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा तत्काल काम गर्न दिन सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले अल्पकालीन अन्तिरम आदेश जारी गर्दै दुबै पक्षलाई छलफलमा बोलाएको हो ।

सरकारले ओझालाई पदबाट बर्खास्त गरेपछि ओझो रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । इजलासले बर्खास्तीको निर्णय तत्काल कार्यान्वयन नगर्न र नयाँ अध्यक्ष नियुक्ति प्रक्रियासमेत अघि नबढाउन आदेश दिएको हो । नयाँ अध्यक्ष नियुक्तिका लागि प्राधिकरणमा १४ जनाको आवेदन परेको छ । गएको भदौ २ गते बसेको सरकारको मन्त्रिपरिषद बैठकले ओझालाई प्राधिकरण अध्यक्षबाट बर्खास्त गर्ने निर्णय गरेको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको