Like us!
Follow us!
Connect us!
Watch us!

संसद् भवनभित्र ३२ जना मृत भेटिएको भनी फैलाइएको समाचारप्रति प्रहरीको खण्डन

अर्थ संसार

बुधबार, २५ भदौ २०८२, ०९ : ५४ मा प्रकाशित

संसद् भवनभित्र ३२ जना मृत भेटिएको भनी फैलाइएको समाचारप्रति प्रहरीको खण्डन

नेपाल प्रहरीले संसद् भवनभित्र ३२ जना मृत फेला परेको भन्दै सामाजिक सञ्जालमा फैलाइएको समाचारलाई पूर्ण रूपमा गलत र भ्रामक बताएको छ।

प्रहरीका अनुसार अन्य देशमा घटेका पुराना घटनाका हिंसात्मक तस्बिर प्रयोग गरी ‘संसद् भवनभित्र ३२ जना मृत भेटिए’ भन्ने शीर्षकसहित भ्रमपूर्ण सामग्री प्रसार गरिएको छ। बुधबार बिहान आधिकारिक फेसबुक पेजमार्फत् वक्तव्य जारी गर्दै प्रहरीले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

‘यस विषम परिस्थितिमा जनमानसमा त्रास सिर्जना गर्ने खालका भ्रामक समाचार र तस्बिर प्रयोग नगर्नु र नगराउनुहुन नेपाल प्रहरीले सबैमा आग्रह गर्दछ,’ वक्तव्यमा उल्लेख छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको