Like us!
Follow us!
Connect us!
Watch us!

अनधिकृत हातहतियार बुझाउनू - नेपाली सेना

अर्थ संसार

बुधबार, २५ भदौ २०८२, १३ : ३५ मा प्रकाशित

अनधिकृत हातहतियार बुझाउनू - नेपाली सेना

नेपाली सेनाले जेन-जी नेतृत्वको आन्दोलनका क्रममा  सुरक्षाकर्मीहरूबाट हराएका वा लुटिएका हातहतियार, गोलीबारुद र अन्य सुरक्षा सामग्री फिर्ता गर्न आग्रह गरेको छ। 

बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाले ती हातहतियार तथा गोलीगट्ठा सेनामा वा सम्बन्धित सुरक्षाकर्मीलाई बुझाउन आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘ती हातहतियारको  दुरुपयोगले जनधनको क्षति हुन सक्ने भएकाले प्राप्त गर्ने व्यक्तिहरुले नजिकैको सुरक्षा निकायलाई जानकारी गराउन र तत्काल बुझाउन अनुरोध गरिन्छ ।’

त्यसैगरी, सेनाले यस संवेदनशील परिस्थितिमा सुरक्षाकर्मीको पोशाक (युनिफर्म) अनधिकृत रूपमा प्रयोग नगर्न चेतावनी दिएको छ।

सेनाले चेतावनी दिँदै भनेको छ, ‘उक्त हातहतियार वा गोलीबारुद नबुझाई कसैसँग फेला परेमा प्रचलित कानुन बमोजिम कारबाही हुनेछ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको