Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं उपत्यकामा दिउँसो कफ्र्यु हटाइयो, राति पुनः लागू हुने

अर्थ संसार

शुक्रबार, २७ भदौ २०८२, १० : ०९ मा प्रकाशित

काठमाडौं उपत्यकामा दिउँसो कफ्र्यु हटाइयो, राति पुनः लागू हुने

उपत्यकामा दिउँसोको समयमा लागू गरिएको कफ्र्यु आज खुकुलो पारिएको छ। सुरक्षास्रोतका अनुसार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा हटाइएकाले नागरिकलाई सामान्य आवतजावत गर्न अनुमति दिइएको हो।

तर, बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म पुनः कफ्र्यु आदेश लागू हुने भएको छ। यस अवधिमा सार्वजनिक आवागमन, भीडभाड तथा सभा–जुलुसमा कडाइ गरिएको सुरक्षाकर्मीहरूले जनाएका छन्।

जेनजी आन्दोलनको प्रदर्शन हिंसात्मक बनेपछि भदौ २४ गते राति १० बजेदेखि नेपाली सेनाले सुरक्षा कमाण्डको जिम्मा सम्हालेको थियो। त्यसयता सुरुमा देशव्यापी रूपमा लागू गरिएको कफ्र्युलाई क्रमशः खुकुलो पार्दै उपत्यकामा मात्र सीमित गरिएको छ।

सुरक्षाकर्मीहरूले हालको व्यवस्थालाई जनताले सहयोग गर्नुपर्ने बताउँदै अनावश्यक अफवाह र भीडभाडबाट टाढा रहन आग्रह गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको