नेपाली सेनाले उपत्यकाका तीनै जिल्लामा लगाइएका सुरक्षा प्रतिबन्ध (निषेधाज्ञा र कर्फ्यु)लाई निरन्तरता दिने निर्णय गरेको छ। सेनाले सार्वजनिक गरेको विज्ञप्तिअनुसार भदौ २६ गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उपत्यकाभर निषेधाज्ञा लागू हुनेछ। त्यस्तै, सोही दिन बेलुकी ७ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म कर्फ्यु कायम रहनेछ।
तर, अत्यावश्यक आवतजावतका लागि केही समय छुट दिइएको छ। भदौ २६ गते बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म सर्वसाधारणलाई घरबाहिर निस्कन र आवश्यक काम गर्न अनुमति दिइने सेनाले जनाएको छ।
निषेधाज्ञाको समयमा एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीका साथै खाद्यान्न, तरकारी, दूध, पानी र औषधि आपूर्ति गर्ने सवारी साधन भने सञ्चालन गर्न पाइने व्यवस्था मिलाइएको छ।
त्यस्तै, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीले आफ्नो परिचयपत्र देखाएर आवतजावत गर्न सक्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस