Like us!
Follow us!
Connect us!
Watch us!

जेनजी आन्दोलनको क्षति : छिटो बीमा दाबी भुक्तानी गर्न प्राधिकरणको निर्देशन

अर्थ संसार

विहीबार, २६ भदौ २०८२, १९ : ३१ मा प्रकाशित

जेनजी आन्दोलनको क्षति : छिटो बीमा दाबी भुक्तानी गर्न प्राधिकरणको निर्देशन

नेपाल बीमा प्राधिकरणले जेनजी आन्दोलनका कारणले भएको क्षतिको छिटो भुक्तानी दिन निर्देशन दिएको छ । प्राधिकरणले पछिल्ला घटनाको क्षतिमा आउने बीमा दाबी भुक्तानी छिटो र सहज गर्न बीमा कम्पनीलाई निर्देशन दिएको हो । 

गत सोमबारदेखि जेनजीले आन्दोलन सुरु गरेका थिए । आन्दोलनको पहिला दिन सोमबार करिब २० युवा तथा विद्यार्थीको मृत्यु भयो । त्यसपछि अक्रोशित जेनजी समूहले मंगबार देशैभरि आक्रमण, तोडफोड र आगजनी गरेको अवस्था छ । प्रदर्शनकारीले देशको मुख्य प्रसाशनिक केन्द्र सिंहदरबार सहित अधिकांश सरकारी कार्यलयमा तोडफोड तथा आगजनी गरेका छन् ।

सरकारी तथा निजी सम्पत्तिमा तोडफोड तथा आगजनीबाट अर्बौं रुपैयाँ बारबर नोक्सानी भएको छ । यसरी भएको क्षतिमा बिमितको धनसम्पत्ति परेको र माग दाबी आएको अवस्थामा भुक्तानी प्रक्रिया सहज र छिटो गर्न प्राधिकरणले निर्जीवन बीमा कम्पनी तथा निर्जीवन लघु बीमा कम्पनीलाई निर्देशन दिएको हो । प्राधिकरणले कुन–कुन शीषर्कमा माग दाबी आएको हो, त्यसको समयमा विवरण पेस गर्नुपर्ने व्यवस्था गरेको छ । प्राधिकरणले सम्पत्ति, निजी तथा सार्वजनिक गाडी, सामुद्रिक, इन्जिनियरिङ तथा ठेकेदार जोखिम, हवाई, कृषि बाली, पशुपन्छी र विविध शीर्षकका बीमालेखमा आएका दाबीको छिटो र सहज भुक्तानी गर्न निर्देशन दिएको हो ।

साथै, प्राधिकरणले पछिल्लो परिस्थितिका कारण भएको क्षतिको बीमा दाबी विवरण साप्ताहिक रूपमा नियमित गर्न समेत कम्पनीहरूलाई निर्देशन दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको