जेनजी आन्दोलनको क्रममा अराजक समूहले आगजनी गरेको धरानस्थित भाटभटेनी सुपरमार्केटमा चारजनाको शव फेला परेको छ।
शुक्रबार दिउँसो एक जना दोस्रो तल्लामा र तीन जना तेस्रो तल्लामा जलेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ। प्रहरी कार्यालयका अनुसार शवहरू पूर्णरूपमा जलेका छन् र हालसम्म पहिचान खुलेको छैन। लिंग छुट्याउन नसकिने अवस्थामा शव भेटिएकाले पहिचान गर्न समय लाग्ने बताइएको छ।
ती शवहरू आगलागीपछि सुपरमार्केटमा लुटपाट गर्न पसेका व्यक्तिहरूको हुन सक्ने आशंका गरिएको छ। यसअघि मंगलबार राति भाटभटेनीमा तोडफोड र लुटपाट हुँदा केही व्यक्ति भित्रै फसेको भन्ने हल्ला चलेको थियो। हाल मृतकको पहिचानका लागि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस