Like us!
Follow us!
Connect us!
Watch us!

भाटभटेनीका सञ्चालक तथा ललिता निवास प्रकरणका आरोपित मीनबहादुर गुरुङ पक्राउ

अर्थ संसार

मंगलबार, १२ असार २०८०, १२ : ०० मा प्रकाशित

भाटभटेनीका सञ्चालक तथा ललिता निवास प्रकरणका आरोपित मीनबहादुर गुरुङ पक्राउ

भाटभटेनी सुपरमार्केटका सञ्चालक  तथा ललिता निवास प्रकरणका आरोपित मीनबहादुर गुरुङ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले मंगलबार उनलाई उनकै नक्सालस्थित् निवासबाट पक्राउ गरेको हो । 

ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा ल्याउने प्रकरणमा उनको नाम मुछिएको कारण उनलाई प्रहरीले पक्राउ गरेको बताइएको छ । ललिता निवासको जग्गामा उनले भाटभटेनी स्टोर चलाइरहेको कारण उनलाई प्रक्राउ गरिएको बताइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त प्रकरणमा अनुसन्धान गरिरहेको छ । आयोगले उक्त प्रकरणमा पूर्व उपप्रधानमन्त्री, पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध विशेष अदालतमा २०७६ मंसिरमा मुद्दा दायर गरेको छ । आयोगले दायर गरेको उक्त मुद्दामा गुरुङमाथि ३९ करोड २७ लाख रुपैयाँ बिगो भराउन माग गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको