Like us!
Follow us!
Connect us!
Watch us!

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई धरौटीमा छाड्न आदेश, भाटभटेनी सञ्चालक गुरुङसँग मागियाे २ करोड ४६ लाख धरौटी

अर्थ संसार

आइतबार, २४ भदौ २०८०, १७ : ०० मा प्रकाशित

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई धरौटीमा छाड्न आदेश,  भाटभटेनी सञ्चालक गुरुङसँग मागियाे २ करोड ४६ लाख धरौटी

काठमाडौँ जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सबैलाई रिहा गर्ने आदेश दिएको छ ।

न्यायाधीश भोलानाथ ढकालको इजलासले केशव तुलाधरलाई सामान्य तारेखमा र अन्य १७ जना अभियुक्तलाई धरौटीमा छाड्ने आदेश दिएको हाे । याेसँगै यस प्रकरणमा पक्राउ परेका सबै १८ जना नै रिहा हुने भएका छन् । 

केशव तुलाधरबाहेक सबै आरोपितलाई धरौटीमा छाड्न आदेश दिइएकाेमा सबैको धरौटी रकम बेग्लाबेग्लै छ । अदालतले भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको