भाटभटेनी सुपरमार्केटमा भएको तोडफोड र अनियमिततामा (चाेरी गरेकाे) संलग्न रहेको आरोपमा बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयले एक शिक्षकलाई निष्कासन गरेको छ । विद्यालयका प्रधानाध्यापक दिनेश थापाले शिक्षक शिवशंकर शुक्लालाई शनिबार विद्यालयबाट हटाउने निर्णय गरेका हुन् ।
थापाले जारी गरेको कारबाही पत्रमा शुक्ला भदौ २४ गते जेनजीको प्रदर्शनका क्रममा बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपरमार्केटमा भएको तोडफोड र चोरीमा संलग्न देखिएको र उनले विद्यालयको आचारसंहिता उल्लङ्घन गरेको उल्लेख छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस