Like us!
Follow us!
Connect us!
Watch us!

को हुन् नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने सौभाग्य पाएकी सुशिला कार्की ?

अर्थ संसार

शुक्रबार, २७ भदौ २०८२, २० : १४ मा प्रकाशित

को हुन् नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने सौभाग्य पाएकी सुशिला कार्की ?

सुशिला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् । पूर्वप्रधानन्यायाधी समेत रहेकी कार्की जेनजी आन्दोलन पछिको अन्तरिम सरकारको प्रधामन्त्री नियुक्त भएकी हुन् । 

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले ९ बजे सथप ग्रहण गराउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

को हुन अन्तरिम सरकारको प्रधानमन्त्री कार्की ? 

कार्की कानुनी पृष्ठभूमिकी कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेसँगै उनी न्याय पालिका र कार्यपालिकाको नेतृत्व गर्ने पनि पहिलो महिला बनेकी छिन् । उनी सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश समेत हुन् । कार्कीले प्रधानन्यायाधीश पदमा छँदा निष्पक्ष र सन्तुलित भूमिका निर्वाह गरेकी आधारमा युवाहरुको रोजाइमा परेकी हुन् ।  

उनले २०७३ साल असार २७ गतेदेखि २०७४ जेठ २४ गतेसम्म प्रधानन्यायाधिको भूमिका निर्वाह गरेकी थिइन् । उनको जन्म २००९ जेठ २५ मा मोरङको विराटनगरको शंखपुरमा भएको थियो ।  बीपी कोइरालाको परिवारसँग नजिकको सम्बन्ध रहेकी सुशीलका पति दुर्गा सुबेदी प्रजातान्त्रिक सेनानी हुन् । 

कार्कीले महेन्द्र मोरङ क्याम्पसबाट २०२८ सालमा बीए र बनारस हिन्दू विश्वविद्यालयबाट २०३१ सालमा राजनीतिशास्त्रमा एमए गरिन् । त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट २०३४ सालमा कानुनमा स्नातक उपाधि हासिल गरेकी छिन् । उनले २०४२ देखि २०४६ सालसम्म महेन्द्र बहुमुखी क्याम्पस, धरानमा प्राध्यापन गरेकी थिइन ।  

२०३५ सालमा वकालत सुरु गरेकी उनले विराटनगरको पुनरावेदन अदालतमा बार अध्यक्षको जिम्मेवारीसमेत सम्हालिन् । २०६१ सालमा वरिष्ठ अधिवक्ता बनेकी कार्की २०६५ सलमा सर्वोच्च अदालतको अस्थायी न्यायाधीश बनिन् । २०६७ मा उनी स्थायी न्यायाधीश भइन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको