नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले हालै राष्ट्रपति र जेन–जेड युवाहरूबीच भएको सहमति अनुसार संघीय संसद् विघटन र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने निर्णयप्रति प्रतिक्रिया दिएका छन्।
बस्नेतले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मुलुकलाई नयाँ नेतृत्वले स्थिरता, सुशासन र लोकतान्त्रिक अभ्यासतर्फ अघि बढाउने विश्वास व्यक्त गरे। तर उनले यसप्रकारको संसद् विघटनलाई सतर्कतापूर्वक हेरिनुपर्नेमा जोड दिएका छन्।
उनका अनुसार विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक ठहर गरिएको थियो। तर अहिले संविधानमा प्रावधान नभएको अवस्थामार्फत संसद् विघटन गरिएको जस्तो देखिएको भन्दै उनले प्रश्न उठाएका छन्। “संविधानको बाटोभन्दा फरक हिसाबले गरिएका कदमलाई खबरदारीपूर्वक निगरानी गर्नुपर्छ,” उनले लेखेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस