Like us!
Follow us!
Connect us!
Watch us!

एमालेको अपिल: सरकार–आन्दोलनकारी संयमित बनून्, घाइतेको तत्काल उपचार होस्

अर्थ संसार

सोमबार, २३ भदौ २०८२, २१ : ३० मा प्रकाशित

एमालेको अपिल: सरकार–आन्दोलनकारी संयमित बनून्, घाइतेको तत्काल उपचार होस्

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सोमबार देशभर फैलिएको ‘जेनजी’ आन्दोलनमा भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।

पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको विज्ञप्तिमा काठमाडौं र इटहरीमा प्रहरी गोली लागेर कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै तीन सयभन्दा बढी घाइते भएको घटनाले आफूहरू मर्माहत भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ– “जेन जेडको नाममा भएको आन्दोलन हिंसात्मक रूप लिँदा दजनौँ युवाको ज्यान गएको छ। ठूलो मात्रामा सरकारी सम्पत्ति नष्ट हुनु दुःखद र पीडादायी छ।”

एमालेले आन्दोलनकारी र राज्य दुबैलाई संयमित रहन आग्रह गर्दै वार्ता र संवादमार्फत समस्या समाधान गर्नुपर्ने आवश्यकता औंल्याएको छ। साथै, घाइतेहरूको उपचारमा ढिलाइ नगरी तत्काल प्रभावकारी व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ।

पार्टीले प्राण गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारलाई गहिरो समवेदना प्रकट गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको