Like us!
Follow us!
Connect us!
Watch us!

एमाले नेतृ तिम्सेनाद्वारा प्रधानमन्त्री ओलीलाई राजीनामाको माग

अर्थ संसार

सोमबार, २३ भदौ २०८२, २१ : ५१ मा प्रकाशित

एमाले नेतृ तिम्सेनाद्वारा प्रधानमन्त्री ओलीलाई राजीनामाको माग

नेकपा (एमाले) की केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन आग्रह गरेकी छन्।

उनको भनाइमा, ‘जेन जेड’ आन्दोलनका क्रममा सरकारले गरेको दमनका कारण १९ जनाको ज्यान गुमाउनु गम्भीर र दुःखद घटना हो, जसले प्रधानमन्त्रीको नैतिक जिम्मेवारीलाई प्रश्नमा उभ्याएको छ।

तिम्सेनाले सोमबार सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै लेखेकी छन् – “गृहमन्त्रीले मात्र राजीनामा दिएर समस्या समाधान हुँदैन, प्रधानमन्त्रीले पनि पद छाड्नैपर्छ।”

यही घटनापछि गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषद्को बैठकमा राजीनामा दिइसकेका छन्। तर, तिम्सेनाको भनाइमा मुलुकमा भएको रक्तपातको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्रीले पनि लिनुपर्नेछ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको