नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले एमालेसँग भएको ७ बुँदे सहमतिको औचित्य सकिएको बताएका छन्। उनले पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुलाई तत्काल फिर्ता बोलाउन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्।
संयुक्त विज्ञप्ति जारी गर्दै महामन्त्रीद्वयले देउवाले तत्काल कदम नचाले अन्य वैकल्पिक प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन्।
साथै उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले समेत राजीनामा दिएर नयाँ राजनीतिक सहमतिको बाटो खोल्नुपर्ने आवश्यकता औंल्याएका छन्।
युवापुस्ता विशेषगरी जेन–जेडको जायज मागलाई सम्बोधन गर्न जोड दिँदै उनले आन्दोलनलाई संयमित बनाउन अपिल गरेका छन्। वर्तमान जटिलता समाधान गर्नका लागि सबै राजनीतिक दलबीच खुला संवाद र छलफल आवश्यक रहेको उनको भनाइ छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस