Like us!
Follow us!
Connect us!
Watch us!

करिब ५० प्रतिशत जनसंख्या बीमाको दायरामा, २४ अर्बको बीमा शुल्क संकलन

अर्थ संसार

आइतबार, २९ भदौ २०८२, १५ : १६ मा प्रकाशित

करिब ५० प्रतिशत जनसंख्या बीमाको दायरामा, २४ अर्बको बीमा शुल्क संकलन

बीमाको दायमा आउने जनसंख्यामा करिब ५० प्रतिशत पुगेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउन मसान्तसम्मको अवधिमा बीमाको दायरामा आउने जनसंख्या ४९.०८ प्रतिशत पुगेको हो । 

प्राधिकरणको अनुसार गत आर्थिक वर्षको सोही अवधिमा बीमाको दायरामा आउने नजसंख्या ४२.७० प्रतिशत रहेको थियो । प्राधिकरणको तथ्यांक अनुसार चालु आवको साउम महिनासम्मको अवधिमा म्यादि, लघु म्यादि, र वैदेशिक रोजगार जीवन बीमालेख बाहकको १७.५९ प्रतिशत र लघु, लघुम्यादि जीवन बीमालेख सहति ४०.६४ प्रतिशत जनसंख्या बीमाको दायरामा पुगेको छ । वैदेशिक रोजगारी बीमालेख वैदेशिक रोजगारीमा जानेहरुका लागि अनिवार्य हो । त्यो संख्यालाई घटाउँदा भने नेपालको कुल जनसंख्याको १७.५९ प्रतिशत मात्रै बीमाको दायरामा आएको देखिन्छ । यस्तो संख्या गत आवको सोही अवधिमा १७.४८ प्रतिशत रहेको थियो । 

यो अवधिमा कुल सक्रिय जीवन बीमालेखको संख्यामा १५.९० प्रतिशतले वृद्धि भएको छ । गत आवको साउन महिनासम्ममा १ करोड ३७ लाख ७ हजार २५१ सक्रिय जीवन बीमालेख रहेका थिए भने चालु आवको साउन महिनासम्ममा त्यो संख्या १ करोड ५८ लाख ८६ हजार ३६५ पुगेको छ । त्यस्तै कुल जारी जीव बीमालेखको संख्या पनि यो अवधिमा १४.८४ प्रतिशतले बढेर ६ लाख ४८ हजार ५८८ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या ५ लाख ६४ हजार ७८३ रहेको थियो । 

त्यस्तै यो अवधिमा कुल निर्जीवन बीमा खेलको संख्यामा सामान्य वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको साउन मसान्तसम्मको अवधिमा यस्तो संख्या २ लाख ४३ हजार ७४१ पुगेको छ । यो गत आवको सोही अवधिको भन्दा १.०१ प्रतिशतले धेरै हो । गत आवको साउन मसान्तसम्ममा यस्तो बीमालेखको संख्या २ लाख ४१ हजार ३१४ रहेको थियो । 

यो अवधिमा जीवन बीमा कम्पनीहरुले प्रथम जीवन बीमा शुल्क बापत ३ अर्ब ६३ करोड २८ लाख रुपैयाँ संकलन गरेका छन् । यो गत आवको भन्दा २७.९२ प्रतिशतले धेरै हो । गत आवमा जीवन बीमा कम्पनीहरुले प्रथम जीवन बीमा शुल्क बापत २ अर्ब ८३ करोड ९८ लाख रुपैयाँ संकलन गरेका थिए । त्यस्तै नविकरण जीनव बीमा शुल्क बापत १६ अर्ब ३८ करोड ७५ लाख रुपैयाँ संकलन गरेका छन् । यो अघिल्लो आवको सोही अवधिको भन्दा ४.१५ प्रतिशतले धेरै हो । गत आवको साउन मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले नविकरण जीवन बीमा बापत १५ अर्ब ७३ करोड ५१ लाख रुपैयाँ संकलन गरेका थिए । 

२४ अर्ब बढीको बीमा शुल्क संकलन 

चालु आर्थिक वर्षको साउन मसान्तसम्मको अवधिमा बीमा कम्पीहरुले २४ अर्ब भन्दा माथिको बीमा शुल्क संकलन गरेका छन् । जसमा जीवन बीमा कम्पनीहरुले २० अर्ब २ करोड र निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब ३९ करोड ६७ लाख गरि कुल २४ अर्ब ४१ करोड ७१ लाख रुपैयाँ संकलन गरेका छन् । यो गत आवको सोही अवधिको भन्दा ६.६९ प्रतिशतले धेरै हो । गत आवको साउन मसान्तसम्म बीमा कम्पनीहरुले २२ अर्ब ८८ करोड ६६ लाख रुपैयाँको बीमा व्यवसाय गरेका थिए । 

साउन मसान्तसम्मको अवधिमा बीमा कम्पनीहरुको कार्यालय संख्या पनि ३ हजार पुगेको छ । गत आवको साउन महिनासम्ममा बीमा कम्पनीहरुको कार्यालय संख्या २ हजार ९९२ रहेको थियो । साउन मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीको कार्यालय संख्या १ हजार ८४४ पुगेको छ भने निर्जीवन बीमा कम्पनीको कार्यालय संख्या १ हजार १५६ पुगेको छ । यो संख्या गत आवमा क्रमश ः  १ हजार ८३३ र १ हजार १५९ रहेको थियो ।

१२ हजार बढीलाई रोजगारी 

बीमा क्षेत्रमा अहिले १२ हजार भन्दा बढीले रोजगारी पाइरहेको अवस्था छ । बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउन मसान्तसम्मको अवधिमा बीमा क्षेत्रमा १२ हजार २७० जनाले रोजगारी पाएका छन् । यो गत आवको साउन महिनाको तुलनामा ४.९४ प्रतिशतले धेरै हो । गत आवको साउन महिनासम्मको अवधिमा बीमा कम्पनीहरुमा रोजगारी पाउनेको संख्या ११ हजार ६९२ जना रहेको थियो ।  

यो अवधिमा जीवन बीमा कम्पनीमा रोजगारी गरिरहेकाहरुको संख्या ६ हजार ८३ जना रहेको छ । यो गत आवको भन्दा ४.५५ प्रतिशतले धेरै हो । गत आवको साउन महिनासम्मको अवधिमा ५ हजार ८१८ जना रहेको थियो । त्यस्तै साउन महिनासम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुमा काम गर्नेको संख्या ६ हजार १८७ पुगेको छ । यो गत आवको सोही अवधिको भन्दा ५.३३ प्रतिशतले धेरै हो । गत आवको साउन महिनासम्ममा निर्जीवन बीमा कम्पनीमा रहेका कर्मचारीको संख्या ५ हजार ८७४ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको