सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर लिलाम बिक्री हुने भएको छ । कम्पनीले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ५ लाख ८० हजार कित्ता सेयर लिलाम बिक्रीबाट सबैले खरिद गर्न पाउने गरि बिक्रीमा राखेको हो ।
यसअघि गत भदौ ८ गते कम्पनीका विद्यामान संस्थापक सेयरधनीहरुका लागि १५ दिने सूचना जारी गर्दै बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले आम सर्वसाधारणका लागि बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ । इच्छुक लगानीकर्ताले आफूले खरिद गर्न चाहेको दर र सेयर संख्या खुलाई कम्पनीको रजिष्टर्ड कार्यालयमा आवश्यक कागजातसहित सूचना प्रकाशित भएको ७ दिनभित्र काठमाडौंको टंगालमा रहेको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस