सेयर लगानीकर्ता संघका कार्यवाह अध्यक्ष तारा प्रसाद फुल्लेले आन्दोलन पछि पनि पुँजी बजार सकारात्मक रुपमा अघि बढ्ने बताएका छन् । अर्थसंसारसँगको कुराकानीका क्रममा फुल्लेलले पुँजी बजारमैत्री अर्थमन्त्री आएको र परिवर्तन पछि नयाँ आशा जगाएकाले बजार नकारात्मक अवस्थामा जाने अवस्था नदेखिएको बताएका हुन् ।
अहिले तत्कालका लागि अन्य क्षेत्रमा लगानी भइहाल्ने अवस्था नरहेकाले पुँजी बजारमा लगानी आउन सक्ने विश्वास गर्न सकिने उनको भनाइ छ । ‘अहिलेको अवस्थामा अरु क्षेत्रमा लगानी गर्न सकिने अवस्था देखिदैन । यसले सेयर बजारमा लगानी बढ्न सक्ने र बजारमा नयाँ सञ्चार हुन सक्छ,’ उनले भने । समग्र देशको अर्थतन्त्रमा कति क्षेत्र पुग्यो भन्ने तथ्यांकहरु आइरहेको अवस्थामा सेयर बजार माथिल्लो विन्दुबाट तल्लो विन्दुमा पुगेको अवस्थामा नयाँ सरकारप्रति लगानीकर्ताको आशा रहेको उनको भनाइ छ । यसले पनि बजारलाई अहिलेको भन्दा तल्लो विन्दुमा जानबाट रोक्ने विश्वासमा आम लगानीकर्ता रहेको उनी बताउँछन् ।
‘आन्दोलनबाट लगानीकर्ताको मनोबल कमजोर भए पनि अहिले आएको नेतृत्वप्रति आम रुपमा विश्वास गर्न सकिने अवस्था छ । अहिलेको अर्थमन्त्रीले सरकारलाई दिएका सुझावहरु कार्यान्वयनको ठाउँमा पुगेकाले पनि लगानीकर्ताको मनोबल बढेको देखिन्छ,’ उनले भने । अर्थमन्त्रीको बन्ला भन्ने द्धिविधाकाबीचमा निकै राम्रो अर्थमन्त्री देशले पाएको भन्दै यसले पनि बजारप्रति सकारात्मक माहोल बन्ने उनको भनाइ छ ।
अहिले गभर्नर पनि बजार मैत्री र अर्थमन्त्री पनि बजारमैत्री भएकाले बजार अहिलेको भन्दा तल्लो विन्दुमा पुग्नु पर्ने कारण नरहेको फुल्लेलको भनाइ छ । बजार बढ्छ वा घट्छ नै भनेर ठोकुवा गर्न नसकिए पनि बजार सकारात्मक नै रहने उनले बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस