Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोच्चको पत्रसहित बीमा प्राधिकरणमा हाजिर भए अध्यक्ष ओझा

अर्थ संसार

मंगलबार, ३१ भदौ २०८२, १८ : १९ मा प्रकाशित

सर्वोच्चको पत्रसहित बीमा प्राधिकरणमा हाजिर भए अध्यक्ष ओझा

सरकारले बर्खास्त गरेका नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा प्राधिकरण फर्किएका छन् । मंगलबार सर्वोच्च अदालतको पत्र बुझेपछि उनी प्राधिकरण पुगेका हुन् । 

प्राधिकरण स्रोतका अनुसार आजदेखि अध्यक्ष ओझा हाजिर भएका हुन् । अघिल्लो सोमबार अर्थात् भदौ २३ गते ओझालाई पदबाट तत्काल नहटाउन सर्वोच्च अदालतले आदेश जारी गरेको थियो । न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

अदालतले ओझालाई बर्खास्त गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न र नयाँ अध्यक्ष नियुक्तिको प्रक्रियालाई यथास्थितिमै रोक्न आदेश जारी गरेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको