Like us!
Follow us!
Connect us!
Watch us!

जेनजी आन्दोलनको क्षति - गण्डकी प्रदेशबाट मात्रै १ अर्ब माथिको दाबी, कुन कम्पनीमा कति ?

अर्थ संसार

बुधबार, ०१ असोज २०८२, १२ : ३७ मा प्रकाशित

जेनजी आन्दोलनको क्षति - गण्डकी प्रदेशबाट मात्रै १ अर्ब माथिको दाबी, कुन कम्पनीमा कति ?

जेनजी आन्दोलनका क्रममा भएको क्षतिको बीमा दाबी पर्ने थालेको छ । जेनजी आन्दोलनका कारणले निजी सम्पत्तिमा भएको क्षतिको दाबी पर्न थालेको हो । 

बीमा कम्पनीहरुमा गण्डकी प्रदेशबाट बीमा दाबी पर्न थालेको छ । जस अनुसार गण्डकी प्रदेशबाट १ अर्ब १३ करोड ४० लाख रुपैयाँ बराबरको बीमा दावी पेश परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार भदौ ३० गतेसम्ममा उक्त रकम बराबरको दाबी परेको छ । गण्डकीमा १५९ वटा दावी पेश भएका छन् ।

निजी सम्पत्तिमा भएको क्षतिमा सबै भन्दा बढी दाबी हिमालय एभरेष्ट इन्स्योरेन्समा परेको छ । यो कम्पनीमा गण्डकी प्रदेशबाट ५० करोडको दाबी परेको छ । यो कम्पनीमा हालसम्म कुल ९ वटा दाबी परेका छन् । संख्याका आधारमा सबै भन्दा धरै दाबी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा परेको छ ।  यो कम्पनीमा ५० वटा दाबी बाट ३५ करोड रुपैयाँ बराबरको दाबी परेको छ । 

तथ्याङ्क अनुसार राष्ट्रिय बीमा कम्पनीमा ७ करोड, सिद्धार्थ प्रिमियरमा ५ करोड, नेकोमा ४ करोड ४५ लाख, आइजीआई प्रुडेन्सियलमा ३ करोड १५ लाख, ओरियण्टलमा ३ करोड र सानिमा जिआइसी र युनाइटेड अजोडमा २–२ करोड रुपैयाँ बराबरको दावी पेश भएका छन् । प्रारम्भिक आँकडा अनुसार यी कम्पनीहरुमा क्रमशः २० वटा, १५ वटा, १६ वटा, ३ वटा, १३ वटा, ११ वटा र ६ वटा बीमालेखमा अन्तर्गत दावी पेश भएका छन् ।
प्राधिकरणका अनुसार गण्डकीबाट एनएलजी इन्स्योरेन्समा ८० लाख बराबरको ६ वटा, शिखरमा ७५ लाख बराबरको ५ वटा र नेपाल माइक्रो इन्स्योरेन्समा २५ लाख बराबरको ५ वटा दावी पेश भएका छन् । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको