Like us!
Follow us!
Connect us!
Watch us!

सिंहदरबार जलिरहँदा पनि दमकल पठाएन भन्ने कुरा गलत हो - काठमाडौं महानगर प्रहरी

अर्थ संसार

विहीबार, ०२ असोज २०८२, १० : ५३ मा प्रकाशित

सिंहदरबार जलिरहँदा पनि दमकल पठाएन भन्ने कुरा गलत हो - काठमाडौं महानगर प्रहरी

जेनजी आन्दोलनको क्रममा सिंहदरबारमा आगलागी हुँदा काठमाडौं महानगरपालिकाले दमकल नपठाएको भन्ने आरोप गलत भएको दाबी महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले गरेका छन्। बिहीबार बिहान पत्रकार सम्मेलन गर्दै उनले आगो निभाउन आफूहरूले सक्दो प्रयास गरेको बताएका हुन् । 

‘महानगरपालिकाले दमकल परिचालन गरेन भन्ने कुरा गलत हो’, उनले भने। 

तर आगलाग्नासाथै दमकल पठाउने परिस्थिति तत्काल उपलब्ध नभएकाले केही ढिलाइ भएको उनले बताए। 

उनले भने,‘सिंहदरबारमा हामीले पाँचवटा दमकल परिचालन गरेका थियौं,सिंहदरबार, अदालत, साझा सम्पत्ति हाम्रो प्राथमिकतामा थियो। हामी (भदौ) २४ गते सवा ८ बजेदेखि २६ गते बिहानसम्म खटिएका थियौं’, महानगर प्रहरी प्रमुख पाण्डेले पत्रकार सम्मेलनमा भने, ‘विभिन्न अस्पतालमा सिभिल अस्पताल, मोडेल अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, टिचिङमा रगत अभाव भएको अवस्थामा पनि मैले प्रहरीलाई पठाएको थिएँ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको