Like us!
Follow us!
Connect us!
Watch us!

१५ मिनेटको औषत गणना स्थगन पछि के साँच्चै बजार बढ्ला ?

अर्थ संसार

आइतबार, ०५ असोज २०८२, ०७ : १३ मा प्रकाशित

१५ मिनेटको औषत गणना स्थगन पछि के साँच्चै बजार बढ्ला ?


नेपाल धितोपत्र बोर्डले सेयर बजारमा अन्तिम १५ मिनेटको भारित औषत गणाना विधि स्थगित गरेको छ । ६ महिना पहिले सुरु भएको यो गणाना कारणले पनि बजार घटेको आवाज उठेपछि हाललाई उक्त विधिको गणाना रोकिएको हो । 

यो गणना स्थगित भएपछि आज (आजइतबार) पहिलो कारोबार हुँदैछ । गत साता एक दिन मात्रै कारोबार भएको बजारमा उच्च गिरावट आएको थियो । १५ मिनेटको औषत गणानाले पनि बजार घटेको लगानीकर्ताको आवाज थियो । अहिले बजार घट्दो क्रममा रहेको र जेनजी आन्दोलनका कारणले गर्दा बजारमा नकारात्मक सर्किट लागेर एक घण्टामा नै कारोबार बन्द भइरहेको छ । यो अवस्थामा औषत गणाना विधिलाई स्थगित गर्दा बजारले गति लिन सक्ला त भन्ने आम चासोका साथ हेरिएको छ ।

लगानीकर्ताको माग अनुसार नै यो व्यवस्था लाइएको भए पनि पछिल्लो समय लगानीकर्ताहरुले नै यसको विरोध गरिरहेका थिए । गत चैत ७ गतेदेखि यो व्यवस्था लागू गरिएको थियो ।  पछिल्ला दिनमा सेयर कारोरबामा निरन्तर ओरालो लागिरहेको छ । जेन–जी आन्दोलनपछि बिहीबार खुलेको सेयर कारोबारमा त झन् तीनपटक नकरात्मक सर्किट लागेको छ । धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा ६ महिनाका अघि चौथो संशोधन गरेर १५ मिनेटको औसत मूल्य गणनाको व्यवस्था गरिएको थियो । केही लगानीकर्ता र ब्रोकरहरूले उक्त संशोधनको विरोध गर्दै आएका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको