Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्सको हकप्रद सेयर खरिदका लागि बोलपत्र पेश गर्ने समय थप

अर्थ संसार

आइतबार, ०५ असोज २०८२, ०८ : ३८ मा प्रकाशित

नेपाल इन्स्योरेन्सको हकप्रद सेयर खरिदका लागि बोलपत्र पेश गर्ने समय थप

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर खरिद गर्नका लागि बोलपत्र पेश गर्ने समय थप भएको छ । कम्पनीले लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद सेयर खरिदका लागि बोलपत्र पेश गर्ने अवधि थप गरेको हो । 

इन्स्योरेन्सले गत साउन ६ गतेदेखि भदौ २ गतेसम्म १० बराबर ३.४७८३ अनुपातमा निष्काशन गरेको हकप्रद सेयरमा आवेदन नपरेको सेयर लिलाम बिक्री गरेको हो । इन्स्योरेन्सले संस्थापक समूहतर्फ १ लाख ९२ हजार ५७४ कित्ता र सर्वसाधारणतर्फको ४ हजार ४६८.७६ कित्ता अवितरित हकप्रद सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको हो ।

सो सेयर खरिदका लागि अब असोज ८ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा संस्थापकतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ । सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।
इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले एनआईएमबि एस क्यापिटलका केन्द्रिय कार्यालय, लाजिम्पाट तथा चिप्लेढुङ्ग (पोखरा), ट्राफिकचोक (बुटवल), आदर्शनगर (वीरगंज) र गोल्छाचोक (विराटनगर) शाखा कार्यालयबाट बोलपत्र आवेदन फाराम पाउन र बुझाउन सक्नेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको