Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा ९५ अंकको वृद्धि, ९ कम्पनीमा सकारात्मक सर्किट

अर्थ संसार

आइतबार, ०५ असोज २०८२, १३ : ५७ मा प्रकाशित

सेयर बजारमा ९५ अंकको वृद्धि, ९ कम्पनीमा सकारात्मक सर्किट

साताको सेयर कारोबार हुने पहिलो दिनको कारोबार जारी रहँदा सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । आजको कारोबार जारी रहँदा सेयर बजार परिसूचक ९५.९० अंकले बढेर कारोबार भइरहेको हो । 

आजको कारोबार जारी रहँदा परिसूचक २६०६.८२ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा ७ अर्ब ५६ करोड ५५ लाख ९८ हजार ९३० रुपैयाँको कारोबार भएको छ । यो अवधिमा ९ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा भुगोल इनर्जी, गुडविल फाइनान्स, आँखुखोला जलविद्युत आयोजना, बलेफी हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, हिम ऊर्जा कम्पनी, ग्रिन डेभलपमेन्ट बैंक र उन्नति सहकार्य लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको