Like us!
Follow us!
Connect us!
Watch us!

भारित औषत गणना स्थगन पछि सेयर बजारमा सतकीय वृद्धि, कारोबार रकम ९ अर्ब माथि

अर्थ संसार

आइतबार, ०५ असोज २०८२, १५ : ११ मा प्रकाशित

भारित औषत गणना स्थगन पछि सेयर बजारमा सतकीय वृद्धि, कारोबार रकम ९ अर्ब माथि

अन्तिम १५ मिनेटको भारित औषत गणना विधि स्थगित भए पछिको पहिलो कारोबार दिन सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक सतकीय अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबार कारोबार दिन ६ प्रतिशतले घटेर सर्किट लागेको बजार आज ४.६१ अंकले बढेर बन्द भएको हो । 

आज सेयर बजार परिसूचक ११६.०१ अंकले बढेर २६२७.९३ विन्दुमा पुगेको हो । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको माकप सेन्सेटिभ इन्डेक्स पनि १९.९७ अंकले बढेर ४५६.१८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटाको मूल्य बढेको छ भने २ वटाको मात्रै घटेको छ । आज सेयर बजारमा २२४ कम्पनीको मूल्य बढेको छ भने २८ कम्पनीको सेयर मूल्य घटेको छ । 

परिसूचक उच्च अंकले बढेको दिन कारोबार रकमा पनि सुधार देखिएको छ । आज सेयर बजारमा ३२९ कम्पनीका २ करोड ३२ हजार २२४ कित्ता सेयर १ लाख ८ हजार ९०८ पटक खरिद बिक्री हुँदा ९ अर्ब १७ करोड ९५ लाख ७३ हजार ७९ रुपैयाँको करोबार भएको छ । आज सेयर बजारमा १६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको