Like us!
Follow us!
Connect us!
Watch us!

निजी क्षेत्रका पदाधिकारीसँग प्रधानमन्त्रीसहित मन्त्रीहरूको छलफल

अर्थ संसार

आइतबार, ०५ असोज २०८२, १७ : १५ मा प्रकाशित

निजी क्षेत्रका पदाधिकारीसँग प्रधानमन्त्रीसहित मन्त्रीहरूको छलफल

प्रधानमन्त्री सुशिला कार्कीले आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरेकी छन्। उनले उद्योग वाणिज्य प्रवर्द्धन परिषद्का सदस्यहरू र जेनजी आन्दोलनका कारण प्रभावित उद्योग व्यवसायी संघका प्रतिनिधिहरूसँग आर्थिक क्षति र समाधानका विषयमा कुराकानी गरेकी हुन्।

छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याल, उद्योग वाणिज्य महासङ्घका अध्यक्षलगायतको पनि उपस्थिति थियो ।

छलफलबाट बाहिरिँदै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारसँग गरिएको छलफलले निजी क्षेत्रको मनोबल उकास्ने सन्देश दिएको बताए । अध्यक्ष ढकालले भने, ‘उद्योग तथा व्यवसायमा भएको तोडफोड तथा आगजनीबाट भएको क्षतिमा सरकारले साथ सहयोग गर्ने भनेको छ । यसले निजी क्षेत्रका लागि सकारात्मक सन्देश दिएको छ ।’

आन्दोलनको मौका छोपेर निजी क्षेत्रलाई निशाना बनाइएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको