नेकपा (एमाले) का सांसद ऐन महरले निजी क्षेत्र राज्यको मेरुदण्ड भएकाले यसप्रति राज्यको दृष्टिकोण र भिजन स्पष्ट हुनुपर्ने बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नीतिभन्दा पनि राज्यको बुझाइ र हेर्ने नजर प्रधान हुने उल्लेख गरे।
सांसद महरले अनुसार राज्यले निजी क्षेत्रलाई कहिले मित्र जस्तो व्यवहार गर्ने र कहिले शत्रुको रूपमा हेर्ने गरेकाले यस्तो अस्पष्ट कार्यशैलीको अन्त्य हुनुपर्ने बताए । उनले भने, 'व्यवसायीलाई ‘दलाल’ वा ‘कमिसनखोर’ को रूपमा मात्र हेर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ ।'
सांसद महरले कर प्रणालीका बारेमा चर्चा गर्दै करको दर बढाउनुभन्दा दायरा बढाउनु पर्ने निजी क्षेत्रको मागमा आफू सहमत रहेको बताए । व्यवसायलाई प्रतिष्ठित बनाउन निजी क्षेत्र आफैँ पनि जिम्मेवार हुनुपर्ने महरको भनाइ छ । देशको डरलाग्दो व्यापार घाटा कम गर्न आयातमुखीभन्दा निर्यातमुखी व्यवसायमा केन्द्रित हुन उनले आग्रह गरे । विशेष गरी कृषि र पर्यटनमा ठूला लगानीकर्ताहरू आकर्षित हुनुपर्ने उनको सुझाव छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस