Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा, मूल्य १४० रुपैयाँ

अर्थ संसार

सोमबार, ०६ असोज २०८२, ०७ : ३५ मा प्रकाशित

सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा, मूल्य १४० रुपैयाँ

सानिमा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले सबैले किन्न पाउने गरि संस्थापक सेयर बिक्रीमा राखेको हो । 

उक्त सेयरको मूल्इ प्रतिकित्ता न्यूनतम १४० रुपैयाँ राखिएको छ । बैंकले संस्थापक सेयरधनी मोहन कुमार खड्काको नाममा रहेको ६ हजार ८७७ कित्ता सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर खरीदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनी, सर्वसाधारण व्यक्ति वा संघसंस्था लगायत इच्छुक सबैले आवेदन दिन सक्नेछन् । सेयर किन्न इच्छुक लगानीकर्ताले अबको १५ दिनभित्र काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्य समेत खुलाएर आवेदन दिनु पर्नेछ ।

आवेदन दिंदा कम्तीमा १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ । साथै संस्थापक सेयरधनीलाई प्राथमिकता दिएर यसअघि नै बिक्रीमा राखिसकिएको पनि बैंैकले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको