नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । सुन तोलामा ७०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि आइतबार सुन तोलाको २ लाख १७ हजार १ सयमा कारोबार भएको थियो ।
यस्तै,आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले बढेर २ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको २ हजार ६ सय २० मा कारोबार भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस