Like us!
Follow us!
Connect us!
Watch us!

सागर डिस्टिलरीको आईपीओमा कति पर्‍यो आवेदन ?

अर्थ संसार

सोमबार, ०६ असोज २०८२, १७ : २१ मा प्रकाशित

सागर डिस्टिलरीको आईपीओमा कति पर्‍यो आवेदन ?

सागर डिस्टिलरीको आईपीओमा साढे २३ लाख भन्दा बढीको आवेदन परेको छ ।  कम्पनीले जारी गरेको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ५२ हजार ४९३ जनाको आवेदन परेको हो । 

यो अनुसार कम्पनीको आईपीओ भरेका २२ लाख ३३ हजार ४२९ जनाको हात खाली हुने भएको छ । कम्पनीको आईपीओमा २ करोड ६५ लाख १ हजार १५० कित्ता बराबरको २ अर्ब ६५ करोड १ लाख १५ हजार रुपैयाँका लागि आवेदन परेको छ । मागभन्दा बढी आवेदन परेको हुँदा आईपीओ बाँडफाँट गोलाप्रथाबाट हुनेछ । जसमा १ लाख १९ हजार ६४ जनाले १०÷१० कित्ताका दरले सेयर हात पार्नेछन् । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो ।

कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशतले हुन आउने १ लाख ४५ हजार २०० कित्ता सेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीले ५ प्रतिशत अर्थात ७२ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ भने ४३ हजार ५६० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरेको छ । कम्पनीले सर्वसाधारण्का लगानीकर्ताका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ९० हजार ६४० कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको