नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य एकैदिन ३९ सय रुपैयाँले उकालो लागेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको हो । हिजो सुन २ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा एकैपटक ३० रुपैयाँले बढेर २ हजार ६८० रुपैयाँ पुगको छ । यो हालसम्मकै उच्च मूल्य हो । हिजो चाँदी प्रतितोला २६ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस